+
+

सरकार परिवर्तन होइन, सम्बृद्ध बनाउन लागिपरौंः नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ९ गते १६:०४

madhav nepal

९ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले सबैले मिलेर मुलुकको समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित अन्तर्क्रिया कार्यक्रममा नेता नेपालले मुलुकको समस्या समाधान गर्न सबैले देश र जनतालाई केन्द्रमा राखेर लचक भएर प्रस्तुत हुनुपर्ने सुझाव दिए ।

नेता नेपालले मुलुकमा अहिले प्रधानमन्त्री को हुने भनेर बहस गर्नुभन्दा भ्रष्टाचार, ढिलासुस्ती अन्त्य गरेर आधुनिक प्रविधि भित्राएर समृद्ध नेपाल बनाउन तर्फ सबै लाग्नुपर्ने बताए ।

उनले सरकारले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासकालागि विकास गरिएका प्रविधिलाई राज्यले मान्यता दिए मुलुकका अपाङ्गता भएका ब्यक्तिको क्षमता विकासमा भूमिका खेल्न सकिने बताए ।

संविधानले अपाङ्गता भएकाहरुलाई विशेष पहिचान दिएकाले अब यसको कार्यान्वयनमा लाग्नुपर्ने भन्दै अपांगता भएकाले राज्यले दिनु पर्ने सुविधाबाट उपेक्षा महसुस गर्न नहुने बताए ।

नेपालले अपाङ्गता हुँदैमा जीवन सकिने धारणाको संस्थाका अध्यक्ष विरेन्द्रराज पोख्रेलले अन्तर्राष्ट्रिय स्तरमा दुई वटा पुरस्कार प्राप्त गरेको घटनाले अन्त्य गरेको भन्दै अपाङ्गता भएका ब्यक्तिको प्रगति मुलुकको गौरव भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?