१३ वैशाख, काठमाडौं । ३५ किलो सुनसहित भारतमा तीन जना पक्राउ परेका छन्, जसमा एक नेपाली पनि छन् ।
राजश्व अनुसन्धान निर्देशनालय डीआरआईको टोलीले उत्तरी बंगालमा एका कारबाट सुन बरामद गरेको हो । समाचारहरुमा जनाइए अनुसार बरामद भएको सुन एक किलोको पुरियाहरु थियो र यसको कुल मूल्य १० करोड पर्छ ।
विशेष सूचनाका आधारमा गाडी नियन्त्रणमा लिएको र खनतलासी गर्दा सुन भेटिएको डीआरईका कानुन व्यवसायी अजय चौधरीले बताएका छन् ।
अधिकारीहरुले बताए अनुसार यो सुन चीनबाट आएको हो । पक्राउ परेका तीन जनाले भारत र भुटानको सीमाबाट ल्याएका थिए ।
सुन तस्करीका क्रममा पक्राउ पर्ने नेपालीको ना प्रमोद देवकोटा भएको अधिकारीहरुले बताएका छन् । उनी झापाका हुन् । अन्य दुई भने भारत सिलगुढीका हुन् ।
उनीहरुलाई १४ दिन थुनामा राखेर अनुसन्धान गर्न त्यहाँको अदालतले अनुमति दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4