१६ काठमाडौं, वैशाख । रौतहटको पम्पहरुमा पेट्रोल छैन भन्ने सूचना टाँसिएको देखिन्छ तर पम्पअगाडि नै बोतलमा राखेको खुला पेट्रोल महंगो मूलयमा किन्न पाइन्छ ।
एक साताअघिदेखि जिल्लाका पम्पहरुमा पेट्रोल अभाव भएको हो । डिजेल भने सबैजसो पम्पहरुले वितरण गरिरहेका छन् । जिल्लामा ५१ वटा पम्प रहेका छन् । त्यसमध्ये २२ वटा पम्पले पेट्रोल बिक्री गर्दै आएका छन् । आजको अन्नपूर्णमा समाचार छ ।
चन्द्रनिगाहपुर गौर खण्डको सन्तपुर, गरुडा लगायका बजारको पानपसल, किराना पसल होटलहरुमा पानीको बेलतमा भरेर राखिएका पेट्रोल एक सय ३० देखि एक सय ५० सम्ममा बिक्री हुने गरेको छ । यस्तै विजल्लाका ग्रामीण भेगमा रहेका ससाना बजारका पसलहरुमा समेत बोतलमा राखेर पेट्रोल बिक्री हुने गरेको छ ।
बारा, रोतहट सर्लाही महोत्तरीलगायतका जिल्लामा पेट्रो माग अनुसार आयल निगमले नदिएको पम्प सञ्चालकहरुको भनाइ छ । उता निगमले भने माग अनुसारको तेल पठाएको दावी गर्दै आएको छ ।
प्रतिक्रिया 4