१६ वैशाख, काठमाडौं । एनएमबि बैंकले ‘आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक’ भन्ने नाराको सहित आफ्नो कर्पोरेट अभियानको थालेको छ ।
आत्मनिर्भर नेपालका लागि विभिन्न व्यक्ति, क्षेत्र र बैंकले पुर्याएको योगदानको कदर तथा विनाशकारी महाभुकम्प, नाकाबन्दीले अर्थतन्त्रमा पुगेको असरबाट उब्जेको आत्मनिर्भरताको साकारात्मक उर्जाको प्रचार प्रसार गर्न अभियान सुरु भएको बैंकले जनाएको छ ।
बैंकले आत्मनिर्भर नेपाल तथा आर्थिक समृद्धि एवं देशको प्रगतिको मार्गचित्र अनुरुप कृषि, सौर्यऊर्जा, साना तथा मझौला उद्यमकर्जा, रिटेल तथा अन्य विपन्न क्षेत्रमा समेत बैंकिङ सेवा पुर्याउँदै आएको छ । हाल बैंकको कूल ६९ शाखा ४८ एटीएम र ७ वटा एक्सटेन्सन काउन्टर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4