बलिउडमा अविवाहित नायिकाको प्रेमको चर्चा, विवाहित नायिका गर्भवती भएको चर्चा सामान्य नै हो । नायिका जेनिलिया डिसुजाले दोश्रो सन्तानलाई जन्म दिदै गर्दा अर्की विवाहित नायिका करिना कपुर गर्भवती भएको खबरले मिडियामा चर्चा पाएको छ ।
एक भारतीय अनलाइनको दावा अनुसार करिनाको पेटमा ३ महिनाको बच्चा छ । करिना आफ्ना पति सैफअली खानसँग हालै मात्र लण्डन पुगेर फर्किइन् । करिना लण्डन जानुको कारण आराम गर्नका लागि हो भनेर अनलाइनले दाबी गरेको छ । सैफ यो कुरा मिडियाबाट लुकाउन चाहन्छन् ।
यसैले उनले लण्डनलाई रोजेको अनलाइनको दाबी छ । तर, यो कुरालाई करिना र सैफले अहिलेसम्म पुष्टी गरेका छैनन् । गसिप धेरै बिक्ने बलिउडमा अब करिनाको गर्भवती खबर फैलन थालेको छ ।
हुनत, यो कुरा पहिलो पटक आएको होइन । करिना गर्भवती भएको खबर यसअगाडि पनि सार्वजनिक भएको थियो । सन् २०१२ मा करिना र सैफले बिहे गरेका थिए ।
प्रतिक्रिया 4