+
+

दुनियाका ५ ठाउँ, जहाँ महिलालाई प्रवेश निषेध छ

बीबीसी हिन्दीको सहयोगमा बीबीसी हिन्दीको सहयोगमा
२०७३ असार ४ गते १०:३४

greece_mount_athos_women_banहालै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ग्रिसको माउन्ट एथोसको भ्रमण गरे । ३३५ वर्ग किलोमिटरमा फैलिएको उक्त प्रायद्धिपमा रुसी अर्थोडक्स चर्चका प्रतिनिधीहरुको उपस्थितिको एक हजार वर्ष पूरा भएको अवसरमा पुटिल उक्त प्रायद्धिपमा पुगेका थिए ।

माउन्ट एथोस यसकारण दुनियाकै चर्चित तथा अनौठो ठाउँको रुपमा रहेको छ जहाँ केवल महिलाहरुलाई मात्र होइन पोथी जनावरलाई समेत प्रवेश निषेध छ ।

पछिल्लो एक हजार वर्ष यता उक्र प्रायद्धिपकको तटको ५ सय मिटर आसपास महिलाहरुलाई जाने अनुमति दिइएको छैन ।

greece_mount_athos_women_ban2

माउन्ट एथोसः  रिन्युवल इन प्याराडाइजका लेख ग्राहम स्डाक्टर पीकका अनुसार प्राचीन समयमा पुरुषका मठहरुमा महिलालाई जाने अनुमति दिइँदैनथ्यो । पुरुषको ब्रम्हचर्यलाई सुनिश्चित गर्नका लागि महिलाको प्रवशेलाई निषेध गरिन्थ्यो र अहिलेसम्म पनि केही ठाउँमा यस्तो प्रथा कायम छ । माउन्ट एथोस मात्र होइन दुनियामा अरु ठाउँपनि छन् जहाँ महिलालाई जाने अनुमति छैन ।

women_are_not_allowed_

सबरीमाला मन्दिरः  भारतको केरलास्थित सबरीमाला मन्दिरमा १० देखि ५० वर्ष उमेरका महिलालाई जान निषेध छ । मन्दिरमा आएका बेला महिलाहरु रजश्वला हुने डरले यस्तो नियम बनाइएको हो । हिन्दु धर्मशास्त्रमा महिलाहरु रजश्वलाका बेला अशुद्ध हुने मान्यता छ ।

mount omine

माउन्ट ओमाइनः  जापानको माउन्ट ओमाइन पनि महिलालाई प्रवेश निषेध गरिने ठाउँ हो । जापानीहरु लोकधर्म सुगेन्दोका अनुयायीलाई पवित्र मान्दछन् । दशौँ सताब्दीमा ओमाइन सानलाई जापानको सबैभन्दा पवित्र पर्वको दर्जा दिइएको थियो । १३ सय वर्षदेखि यो पर्वतमा महिलालाई प्रवेश गर्न दिइएको छैन । महिलाहरुले त्यहाँ ध्यानरत भिक्षुहरुको ध्यान भंग गर्ने जोखिमका कारण यसो गरिएको हो । सन् २००४ मा यो ठाउँलाई विश्व सम्पदा सूचिमा सूचिकृत गरिएको हो ।

gulf clube

मुआरफिल्ड गल्फ क्लबः स्टकल्याण्डको प्रतिष्ठित गल्फ क्लब मुअरफिल्ड हालैका दिनहरुमा चर्चामा छ । उक्त क्लब परिसरमा महिलाको प्रवेश निषेध गर्ने  नियम कायम राखेका कारणले गर्दा उक्त क्लबले हालै ओपन च्याम्पियनसिप आयोजना गर्ने अवसर गुमायो । यो क्लब केवल पुरुषहरुका लागि खोलिएको हो ।

यो वर्ष यो क्लबमा लैंगिक मतभेद अन्त्य गर्ने कुरालाई लिएर मतविभाजन गरिएको थियो । मतविभाजनका क्रममा महिलालाई प्रवेश निषेध गर्ने पूरानो नियम कायम राख्ने कुरा सदर भयो ।

iran football stadium

इरानका खेलकूद रंगशालाः  हालै इरानकी एक महिला सोसल मिडियामा छाइन् । तेहरानको एक फुटबल रंगशालामा पुरुषको जस्तै पहिरन लगाएर खेल हेरिरहेको भिडियो अपलोड गरेपछि त्यसले तरंग सिर्जना गर्यो । इरानमा बक्सिंग, पौडी तथा फुटबल खेलका दौरान दर्शकको रुपमा महिलालाई रंगशाला भित्र जान दिइँदैन ।

haji ali

हाजी अली चिहानः  भारतको मुम्बइमा रहेको लोकप्रिय तथा चर्चित ठाउँमध्ये पर्छ यो । यो मुम्बइको एक सानो टापुमा पर्दछ । यसमा ऐतिहासिक मस्जिद छ जसमा १५ औँ शताब्दीमा बनेको चर्चित मुस्लिम धर्मगुरु हाजी हलीको चिहान छ । यहाँ महिलालाई जान मनाही छ । मुस्लिम धर्मानुसार महिलाहरुलाई चिहानको नजिक जान निषेध गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?