+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रौतहटमा पोखरीमा डुबेर महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ७ गते १६:०९

७ असोज, रौतहट। रौतहटको राजदेवी नगरपालिकामा पोखरीमा डुब्दा एक महिलाको मृत्यु भएको छ ।

राजदेवी नगरपालिकाको वडा नं. ८ लक्ष्मीपुरमा रहेको पोखरीमा सोमबार नुहाउने क्रममा डुबेर एक ४५ वर्षीया गिरीजा देवीको मृत्यु भएको छ ।

जितिया पर्व सुरु गर्नुअघि पोखरी, जलाशय, नदीमा महिला व्रतालुहरुको नुहाउने चलन अनुसार गाँउमा रहेको पोखरीमा नुहाउन गएकी प्रमोद साह कानुको श्रीमती गिरीजा देवीको आज विहान ११ बजेको समयमा डुबेर मृत्यु भएको हो।

पोखरीमा महिला डुबेको खबर पाउना साथ सशस्त्र प्रहरीको विओपी बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट खटिएका सुरक्षाकर्मीहरुको टोलीले महिलाको उद्धार गरेको थियो । गम्भीर अवस्थामा रहेकी उनलाई उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।

अस्पताल ल्याउने क्रममै उनको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी विक्रम हुमागाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?