+
+
Shares

प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस

संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डीपी अर्यालले प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस गरेका छन्।
  • अधिकारीलाई हर्कराज राईको ठाउँमा प्रतिनिधिसभा सचिव नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ।
  • अधिकारी २४ वर्षको निजामती सेवा अनुभव भएका उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन्।

३० वैशाख, काठमाडौं । प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस भएको छ । सभामुख डीपी अर्यालले अधिकारीको नाम सिफारिस गरेका हुन् ।

हर्कराज राईलाई हटाएर सभामुख अर्यालले प्रतिनिधिसभाको सचिवमा अधिकारीलाई ल्याउन लागेका हुन् ।

संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

जहाँ भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसद्को महासचिव, सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभाको अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछ ।’

अधिकारी खाँदबारी नगरपालिका वडा नं. ३, सङ्खुवासभाका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर, दक्षिण कोरियाको Kyung Hee University बाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर गरेका छन् ।

निजामती सेवामा २४ वर्षको अनुभव भएका उनी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् ।

संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ बमोजिम विशिष्ट श्रेणीको सचिव सरहको सेवा सुविधा पाउने गरी प्रतिनिधिसभा सचिवमा उनको नाम राष्ट्रपति समक्ष सिफारिस भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?