+
+

बाबुको कुटाइबाट छोराको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ६ गते ९:०६

६ असार, लहान। बाबुको कुटाइबाट गम्भीर घाइते सिरहाको लहान नगरपालिका–२० निवासी एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

बाबु वेचन रामको कुटाइबाट गम्भीर घाइते भएका २२ वर्षीय सञ्जीत रामको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कविर प्रधानले जानकारी दिए ।

गत जेठ २३ गते मदिरा सेवन गरेका बुबा वेचनले सञ्जीतसँगै उनका दाजु रञ्जीतलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते सञ्जीतको मृत्यु भएको छ भन्ने उनका दाजुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  कुटपिटमा संलग्न बाबुलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही अघि बढाएको प्रहरी निरीक्षक प्रधानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?