+
+

फिलिपिन्समा पदक जितेका कराँते खेलाडीहरु मलेसियामा सम्मानित

रामचन्द्र नेपाल रामचन्द्र नेपाल
२०७३ असार १२ गते १७:२८

 

Karate-kheladi-sammanit

क्वालालम्पुर । नेपाल प्रवासी सितोरियो कराँते संघले फिलिपिन्समा भएको प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।

केहि समय अगाडि फिलिपिन्समा भएको प्रतियोगितामा स्वर्ण पदक विजेता कर्ण वहादुर राई र मोहम्मद शुरेश आलम शेख, रजत पदक विजेता उद्धव भण्डारी र भिम वहादुर महर तथा कास्यपदक विजेता कमल वराईली, अजीत तामाङ र दीपक वहादुर वोहोरालाई सम्मान गरिएको हो ।

यसैगरी संघले एनआरएन एनसीसीका केन्द्रीय सल्लाहकार शंकरबहादुर पौडेल, जीफण्ट मलेसिया संयोजक बेद कुमार खतिवडा, ब्यवसायी नेत्र केसी, ग्याल्जेन लामा, भीम बहादुर महर, कालु गुरुङ, माइकल लामा, पत्रकारद्धय रामचन्द्र गिरी तथा रवि भट्टलाई पनि सम्मान गरेको थियो ।

कार्यक्रममा एनआरएन मलेसियाका अध्यक्ष विश्व विक्रम राईले खेलाडिहरुको उत्साहलाई थप्न एनआरएनले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष तथा प्रशिक्षक योगेन्द्र कोइरालाको सभापतित्वमा कार्यक्रम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?