+
+

युएईका नेपाली धार्मिक सत्सङमा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २५ गते १३:००

uae_dharmik_programmeश्री कृष्ण प्रणामी युवा परिषद युएई च्याप्टरकोे नियमित सत्सङ अन्तर्गत रोजगारीको लागि युएईमा रहेका नेपाली सहभागी भएका छन् ।

संस्थाका सदस्य रमेश कडरियाको कार्यथलो रासअल खेमामा ८ जुलाई शुक्रबारका दिन परिचयात्मक कार्यक्रम, भजन, कीर्तन, प्रवचन, जलपानसहित कार्यक्रम सम्पन्न भयो ।

उक्त अवसरमा उलेख्य मात्रामा युएईका अबुधाबी, अलऐन, फुजेरा, दुबई तथा सारजहाबाट सुन्दर साथ -अनुयायीहरु) एवम् भक्तजनहरु सपरिवार उपस्थित भएर भगवान कृष्णसम्बन्धी भजन, कीर्तन गाएर र नाचेर कार्यक्रम उल्लासमय बनाएका थिए ।

श्री कृष्ण प्रणामी युवा परिषद्, युएई च्याप्टरका अध्यक्ष तुलप्रसाद अधिकारीको सभापतित्वमा चलेको सत्सङको सञ्चालन संस्थाका महासचिव प्रकाश शर्माले गरेका थिए । सत्सङमा संस्थाका सल्लाहकारहरु घनश्याम नेपाल, सन्तोष ढकाल, श्याम पोख्रेल तथा जागरुक वैदेशिक वचत तथा लगानी कोषका अध्यक्ष प्रमिल खराल, सचिव रमेश शिवाकोटी, झापाली समाज युएईका केन्द्रीय सदस्य रोशन दाहाललगायतका, राक क्षेत्रीय कमिटीका उल्लेख्य पदाधिकारीहरुको उपस्थिति थियो ।

सत्सङमा संस्थाको नयाँ कार्यक्रम खुत्रुके वितरण कार्यक्रम बारेमा छलफल तथा सूचना आदानप्रदान गरियो । संस्थाको आगामी सत्सङ श्री कृष्ण जन्माष्ठमीको अवसरमा अगस्ट २६ मा गर्ने निर्णय सहित समापन गरिएको थियो ।

‘दुव्र्यसन त्यागौं, सेवामुखी बनौं’ भन्ने मूलमन्त्र लिई सदाचार, सादा जीवनशैली, शाकाहारी भोजन र सरल व्यवहार अवलम्वन गरेका श्री कृष्ण प्रणामी युवाहरुको नियमित सत्सङ युएईमा सन् २०१२ देखि नियमित सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?