+
+

भेनेगरको फाइदा तपाईंलाई थाहा छ ?

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २७ गते ११:४६

प्रायः मानिसहरुले भेनेगरलाई खानाको स्वाद बढाउनका लागि मात्र प्रयोग गर्ने गर्छन् । तर यसले हाम्रो शरिरमा विभिन्न फाइदा पुर्‍याउँछ भन्ने कुरा कमैलाई थाहा होला । त्यसैले आज हामी तपाईंलाई भेनेगर प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे जानकारी दिन्छौं ।

Vinegarचिनी रोगीलाई लाभदायक

विशेष गरी एसिडिक एसिडको मात्रा बढी हुने भेनेगरले खानामा पाइने मिनरललाई सोस्ने काम गर्छ । महिलाहरुले आफ्नो भान्छामा यसको प्रयोग गरेको खण्डमा यसले खानामा पाइने क्याल्सियमलाई सोसेर शरीरमा पठाउने काम गर्छ ।

त्यसैगरी एक अध्ययनका अनुसार यसले शरीरमा पाइने चिनीको मात्रालाई ठीक अवस्थामा राख्न पनि मद्दत गर्छ । विशेषगरी चिनी रोगका प्रकार दुईका विरामीहरुका लागि यो बढी लाभदायक छ ।

विशेषज्ञका अनुसार उक्त रक्तचाप भएका मुटु रोगीहरुले भेनेगर प्रयोग गर्न उचित मानिन्छ । भेनेगरले नुनको कमी पुरा गर्ने हुँदा यो नुनको प्रयोग कम गर्ने व्यक्तिहरुका लागि पनि फाइदाजनक छ । क्यालोरीयुक्त भेनेगर सलाद तथा अचारमा बढी उपयुक्त मानिन्छ ।

त्यसैगरी डायटिङ गर्न चाहनेहरुले खाना अगाडि भेनेगरलाई अन्य कुनै तरीकाबाट प्रयोग गरेको खण्डमा लामो समयसम्म भोक लाग्न दिँदैन । साथै कम खानामै पेट भरिएको महसुस गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?