+
+

सवारी साधनको ठक्करबाट ९ महिनामा १५ हरिण मरे

अब सीसी क्यामराबाट निगरानी

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ असार ३१ गते ८:०४

cc camera_starting_chitawan३१ असार, चितवन ।  चितवनको टिकौली जंगलमा वन्यजन्तुसँगै हरेक गतिविधि सीसी क्यामरा मार्फत निगरानी सुरु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र वरण्डाभार जोड्ने टिकौली जंगल अन्र्तगत पर्ने पूर्वपश्चिम राजमार्गको वन क्षेत्रमा वन्यजन्तु संरक्षणका लागि सीसी क्यामरा जडान गरि निगरानी सुरु गरिएको हो । निकुञ्ज र महाभारत जोड्ने जौविक मार्गका रुपमा समेत परिचित वन्यजन्तु र अपराधीक गतिविधि नियन्त्रण गर्न सिसि क्यामरा जडान गरि निगरानी सुरु गरिएको राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

एक समारोहका बीच वन विभागका पूर्व महानिर्देशक गोकुलराज पाण्डेले १० वटा सीसी क्यामरा जडित मोनिटर अन गरेको शुभारम्भ गरेका थिए ।

डब्लुडब्लुएफ १७ लाख रुपैयाका सहयोग टिकौली जगलको ४ किलोमिटर क्षेत्रमा १० वटा नाईटभिजन सहितको क्यामरा जडान गरिएको छ । ४ मेगाविक्चलको क्यामरा ४० मिटर दुरीसम्म दुश्य कैद गरि ९० दिन सम्म भण्डारन क्षमत छ ।  सोलार जडान गरि सिसि क्यामरा सुचारु भएको छ ।

निकुञ्जले लगातार रुपमा शुन्यचोरी बर्ष मनाईरहेको अवस्थामा वरणभार क्षेत्रमा सीसी क्यामरा निगरानीले वन्यजन्तु संरक्षणमा नयां आयाम थपेको पूर्व महानिर्देशक गोकुलराज पाण्डेले बताए । हिजो संरक्षणकर्मीहरुले मात्रै गर्न पर्छ भन्ने थियो उनले भने । आज सबै स्थानिय र प्रविधिले समेत संरक्षण ठूलो सहयोग मिलेको छ ।

सीसी क्यामराको टिकौलीमा रहेको शसस्त्र वन रक्षक तालिम केन्द्रबाट संयुक्त रुपमा चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय, नेपाली सेनाको श्री जंग गण, नेपाली प्रहरी र ट्राफिक प्रहरी सम्मिलित टोली निगरानी राख्नेछन् ।

नगरानी सुरु भएसगै अबदेखि वन्यजन्तु संरक्षणमा चुनौती, जथाभावी फोहरमैला फाक्ने र तिव्र गतिका कारण कारण जंगली जनावर घाईते हुने र मर्ने क्रम समेत घट्ने जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्ऽ कँडेले भने अब गैरकानुनी क्रियाकलाप नियन्त्रणमा समेत ठूलो सहयोग मिल्ने छ । यस अघि निकुञ्जका ५ स्थानमा श्री जंग गण सीसी क्यामरा जडान गरिसकेको छ ।

९ महिनामा १५ हरिण दुर्घटनाबाट मरे

चितवनका टिकौली र रामनगर क्षेत्रको सडकमा परि १५ वटा हरिणले ज्यान गुमाएको जिल्ला वन कार्यालय चितवनले जानकारी दिएको छ ।सडकमा वातजात गर्दा सवारी साधनको ठक्करबाट १५ वटा हरिण मरेको जिल्ला वन कार्यालय चितवनको प्रमुख गणेश रायले भने ।

२ वटा वसले ३ वटा ट्रक र अन्य अरुले गर्दा मरेका हुन् । जस मध्ये सिसि क्यामरा नहुदां ९ वटा हरिण मार्ने सावारी पत्ता लगाउन सकिएन् ।  उनले  ६ वटा हरिण मार्ने सवारीलाई कार्वाही गरि ३ लाख रुपैया राजश्व समेत संकलन गरेको बताए ।

संरक्षणका लागि एक मिनेट

यसैविच टिकौली जगलमा सीसी क्यामरा जडानसगै वन्यजन्तु संरक्षणका संरक्षणका लागि एक मिनेट अभियान समेत केहि दिन सुरु गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?