
१३ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हुने व्यावसायिक जंगल सफारी असार १६ गतेदेखि बन्द रहने भएको छ ।
बिहीबार निकुञ्जले सूचना जारी गर्दै असार १६ गतेदेखि निकुञ्जमा सञ्चालन हुने व्यावसायिक जंगल ड्राइभ (सफारी) बन्द रहने जानकारी दिएको हो ।
निकुञ्जमा पाइने अधिकांश वन्यजन्तु तथा चराचुरूङ्गीहरुको प्रजनन्का लागि वर्षायाम उपर्युक्त समय भएको साथै यस अवधिमा निकुञ्जभित्रका वनपथहरू बिग्रिने, जंगलमा भएका साना खोला-खोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुनेलगायतका कारणले पर्यटकहरूलाई असहज सृजना हुने भएकाले बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकालेको सूचनामा जनाएको छ ।
हेर्नुहोस् निकुञ्जले निकलेको सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4