+
+
Shares

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पानी पोखरी निर्माण र मर्मत सुरु

चर्को गर्मीसँगै वन्यजन्तुलाई पानीको आवश्यक पर्ने भएकाले पोखरी निर्माण गर्न लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १५:१०

२८ फागुन, चितवन । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको काम सुरु गरेको छ । हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत गरिन्छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार जनावरलाई खान, जलमा बस्ने जनावरका लागि वासस्थान र घाँसेमैदान सिँचाइका लागि पोखरी निर्माण गर्ने गरिन्छ । उनले यसवर्ष तीन वटा नयाँ पोखरी निर्माण र चारवटा पोखरी मर्मतको काम गर्न लागिएको बताए ।

‘यसवर्ष हामीले पोखरी निर्माण र मर्मत वन्यजन्तुको बासस्थानका आधारमा गर्न लागेका छाैँ,’ उनले भने । निकुञ्जभित्र ५६ पोखरी तथा तालतलैया रहेको उनले बताए । उनका अनुसार ती सबै पोखरी तथा तालहरूमा सरसफाइ गर्न नसकिए पनि महत्वपूर्ण स्थानमा रहेका ताल र पोखरी निर्माण गर्न लागिएको हो ।

यस निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, चित्तल, हात्ती लगायतका जनावरको बासस्थान रहेको छ । चर्को गर्मीसँगै वन्यजन्तुलाई पानीको आवश्यक पर्ने भएकाले पोखरी निर्माण गर्न लागिएको हो । वन्यजन्तु पानीको आवश्यकताले समुदायमा जान रोक्नका लागि समेत सहयोग पुग्ने छ ।

९५२ दशमलब ६३ हेक्टर क्षेत्रफलमा फैलिएको निकुञ्जमा घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने कामसमेत सुरु गरिएको छ । –रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?