+
+
Shares

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन   

प्रविधिको प्रयोगले चोरीसिकारी नियन्त्रणमा महत्त्वपूर्ण सफलता प्राप्त गर्दै आएको उनले बताए ।

रासस रासस
२०८२ चैत १० गते १२:४६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन राष्ट्रिय निकुञ्जले प्रविधि प्रयोग गरी नियमित गस्ती, स्वीप, एम्बुसिङ्गसँगै सुरक्षा व्यवस्था सुदृढ पारेको छ।
  • निकुञ्ज प्रशासनले चार तालिमप्राप्त कुकुर, ड्रोन, सीसीटीभी, भेइकल ट्याकिङ र रियल टाइम मनिटरिङ प्रयोग गर्दै आएको छ।
  • प्रविधिको प्रयोगले वन्यजन्तु चोरीसिकारी नियन्त्रण र अपराधमा संलग्न पक्राउमा सफलता प्राप्त भएको छ।

१० चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ । नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार कार्यालयले नियमित रूपमा लामो, मध्यम र छोटो दूरीको गस्ती, सुराकी परिचालन, संयुक्त अनुसन्धान सेल सञ्चालन हुँदै आएका छन् ।

अहिले निकुञ्ज प्रशासनले चार तालिमप्राप्त कुकुरसमेत निकुञ्जको सुरक्षामा प्रयोग गर्दै आएको छ । यस्तै, रियल टाइम मनिटरिङ, सीसीटीभी क्यामेराबाट मनिटरिङ्, ड्रोन, भेइकल ट्याकिङ रेकड सिस्टमलगायतका प्रविधिबाट निकुञ्जको सुरक्षा गरिएको छ । उनका अनुसार यस बाहेक पैदल, साइकल, हात्ती, डुङ्गा र सवारीसाधनबाट गस्ती गरिँदै आइएको छ ।

प्रविधिको प्रयोगले चोरीसिकारी नियन्त्रणमा महत्त्वपूर्ण सफलता प्राप्त गर्दै आएको उनले बताए ।

उनले भने, “प्रविधिको प्रयोगसँगै वन्यजन्तुको अपराधमा संलग्नलाई पक्राउ गर्न र चोरीसिकारी न्यूनीकरण गर्न सफल भएका छौँ ।”

यसबाट विभिन्न वन्यजन्तुको अखेटोपहारहरू लिएर हिँडेका व्यक्तिसमेत नियन्त्रण गर्न सकिएको उनले जानकारी दिए । वन्यजन्तु संरक्षणमा प्रविधिको प्रयोगसँगै साझेदार संस्थाहरूको ठूलो सहयोग रहेको उनले बताए।

स्थानीयस्तरमा परिचालन हुने युवा परिचालन समिति, नेपाली सेना, निकुञ्जका कर्मचारीको अथक प्रयासले मात्र चोरीसिकारी न्यूनीकरण सम्भव भएको उनको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?