दुनियाकै वृहत सोसल मिडिया साइट फेसबुकले आफ्ना प्रयोगकर्तालाई मन पर्ने नपर्ने कुरा, उनीहरुको जिवनशैली तथा आनीबानीका साथै आवश्यकताका विषयमा पूर्ण जानकारी राख्दछ र सोही अनुरुपका विज्ञापन प्रयोगकर्ताको न्युजफिडमा देखाइदिएर मोटो कमाई गर्दछ ।
यो वर्षको दोश्रो त्रैमासिकमा फेसबुकको कमाई ६ अर्ब २४ करोड डलर रह्यो । तिन महिनाको अवधिमा फेसबुकले े२ अर्ब १० करोड नाफा आर्जन गर्यो ।
रोचक त के भने तपाइँले फेसबुकमा जति धेरै समय बिताउनुहुन्छ फेसबुकले उति नै धेरै पैसा कमाउँदछ । फेसबुकको कुल आयमा मोबाइल विज्ञापनबाट भएको आयको हिस्सा ८४ प्रतिशत रहेको छ जुन अघिल्लो वर्ष ८१ प्रतिशत थियो ।
हृाल फेसबुकका प्रयोगकर्ताको संख्या १ अर्ब ७१ करोड रहेको छ । सन् २०१२ मा एक अर्ब प्रयोगकर्ताको कोशेढुंगा पार गरेयता पनि फेसबुकका प्रयोगकर्ताको संख्या तिव्र रुपमा बढिरहेको छ ।
स्टाटिस्टाको डाटा अनुसार १ अर्ब ५७ करोड मानिसहरु आफ्नो मोबाइल फोन वा स्मार्टफोनबाट फेसबुक चलाउँदछन् । वास्तवमा फेसबुकका सबै प्रयोगकर्ताले फेसबुकलाई आफै नै आफ्नो बारेमा जानकारी दिइरहेका हुन्छन् । फेसबुकलाई आफ्नो इमेल, मोबाइल नम्बर, आफु बसेको सहर लगायतका विभिन्न जानकारी दिइन्छ फेसबुकलाई ।
त्यस्तै जन्मदिन, म्यारिज एनिभर्सरी, सन्तानको नाम जस्ता महत्वपूर्ण तथा अति नै निजी जानकारीहरु पनि फेसबुकले प्राप्त गरेको हुन्छ ।
अखिर फेसबुकसँग लाखौँ मानिसका यस्ता महत्वपूर्ण तथा भित्री जानकारी भएपछि यस्ता जानकारीहरु प्राप्त गर्नका लागि कम्पनीहरुले ठूलो मूल्य चुकाउन पछि पर्दैनन् ।
अाफ्नो लोकेसनको बारेमा जानकारी दिँदा मानिसहरुले आफु वर्षमा कतिपटक छुट्टी मनाउने बाहिर निस्किने, कतिपटक घर बाहिर खाना खान जाने वा फिल्म हेर्न जाने भन्ने जस्ता जानकारी पनि फेसबुकलाई दिएका हुन्छन् ।
बियरको गिलास समाएको आफ्नो तस्वीर तपाइँ शेयर गर्नुहुन्छ भने फेसबुकले तपाइँलाई विभिन्न बार तथा पबको विज्ञापन देखाइदिन्छ ।
आखिर जसले रक्सी पिउँदैनन् उनीहरुलाई यस्ता विज्ञापन देखाएर के फाइदा ? यदि तपाइँले आफ्नो नयाँ कारको तस्वीर फेसबुकमा शेयर गर्नुभयो र आफ्नो लोकेशनका बारेमा पनि जानकारी दिनुभयो भने तपाइँको न्युजफिडमा कार, कार कम्पनी तथा कार शो रुम लगायतका विषयका विज्ञापन आउनेछन् ।
च्कलेट कम्पनीहरुका विज्ञापन धेरैजसो किशोर किशोरी फेसबुक प्रयोगकर्तालाई देखाइन्छ भने ३० सालभन्दा बढि उमेरका मानिसहरुको फेसबुक न्युजफिडमा फिटनेस ट्रयाकर जस्ता प्रडक्टको विज्ञापन देखाइन्छ ।
विज्ञापनदाता कम्पनीहरु फेसबुकलाई मन फुकाएर पैसा दिनका लागि किन हिच्किचाउँदैनन् भने उनीहरुका विज्ञापनहरु ठ्याक्कै लक्षित वर्गमा पुग्दछन् जुन अन्य मिडियाबाट दिँदा सम्भव नहुन सक्दछ ।
कतिपय कम्पनीहरुले फेसबुक प्रयोगकर्तालाई उनीहरुको जन्मदिनको शुभकामना पनि फेसबुकबाटै दिएका हुन्छन् । गुगलमा यदि तपाइँले कुनै घडीको बारेमा सर्च गरिरहनुभएको छ भने तपाइँको फेसबुकमा घडीकै विज्ञापन देख्दा अचम्ममा पर्नुभएको छ होला ।यो संयोग होइन, रणनीति हो ।
तर यति भनिरहँदा यो होइन की फेसबुकका बारेमा सबै उत्तम भैरहेको छ ।
पछिल्लो समयमा मानिसहरुले फेसबुकमा बिताउने समयमा कमी आइरहेको छ । यो विज्ञापनदाता कम्पनीहरुको लागि दुखको कुरा हो । यदि यस्तो ट्रेण्ड जारी रह्यो भने त्यो फेसबुकका लागि चिन्ताको विषय बन्न सक्दछ ।
त्यसैले फेसबुक चाहन्छ की मानिसहरु फेसबुक लगआउट नगरुन् ता की प्रयोगकर्ताको स्टाटस सधै लग्ड इन नै रहोस् । यस्तो देखेपछि कम्पनीहरुलाई लाग्नेछ की मानिसहरु लामो समय फेसबुकमा बिताउँछन् ।
स्मार्टफोनमा विज्ञापनबाट हुने कमाइमा फेसबुक टि्वटरभन्दा निकै अगाडि छ । र गुगलभन्दा अरु कुनैपनि दोश्रो कम्पनी फेसबुकलाई टक्कर दिने अवस्थामा छैन ।
प्रतिक्रिया 4