क्वालालम्पुर । कामको सिलसिलामा घाइते भएका एक नेपाली मजदूरको उपचारका क्रममा मृत्यु भएको छ ।
रोजगारीका लागि डेढ बर्ष पहिला मलेसिया आएका बाग्लुङ खुगाँ गाविस ७ का २८ बर्षीय बिमल फाक्मीको उपचारका क्रममा मृत्यु भएको हो ।
उनी मलेसियाको रावाङ सान्तोषामा रहेको एक जस्तापाता कम्पनीमा काम गरिरहेका थिए ।
कम्पनीमा आफ्नो डिपोटभन्दा बाहिर साथीलाई काममा सघाउन पुगेका उनी जस्तापाता बन्ने रोलले च्यापिएर गम्भीर घाइते भएका थिए ।
साथीहरुले उनलाई तत्काल उद्धार गरेर कम्पनीको पहलमा सुगाइवुलो अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
मृतक बिमलको शवको पोष्टमार्टम भइसकेको र पार्थिव शरीर नेपाल पठाउने तयारी भइरहेको छिमेकी कर्णबहादुर बुढाथोकीले अनलाइनखवरलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4