+
+

पोखरामा स्कुटर दुर्घटनामा एकको मृत्यु

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७३ भदौ २० गते ११:३०

२० भदौ, पोखरा ।  पोखराको रामबजारमा गएराति  स्कुटर दुर्घटनामा एक युवकको ज्यान गएको छ ।

accidentरामबजार पेन्सन क्याम्प नजिक आफैले चलाएको ग.९प. ३८९६ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिदा गोर्खा आरुपोखरी घर भई पोखरा १० रामबजार बस्ने २४ वषिर्य श्यामु बरामुको मृत्यु भएको हो ।

राति ९ बजे तिव्र गतिमा स्कुटर चलाउने क्रममा स्कुटर पल्टिदा बरामुको टाउको सडकमा बजारिए प्रत्यक्षदर्शीले बताए ।

दुर्घटना भएको स्थानियले देखेपछि तत्कालै उनको उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएपनि उनको उपचारको क्रममा मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेर अत्यधिक रक्तश्राव हुँदा मृत्यू भएको प्रहरीको भनाइ छ ।

मृतक बरामुको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?