+
+

पेट्रोलियम पाइपलाइन बनाउन ४ हजार घर भत्काउनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ३ गते ६:०४
सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

३ असोज, काठमाडौं । रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणका लागि ४ हजार घर भत्काउनुपर्ने भएको छ ।

नेपाल आयल निगमले गरेको रक्सौल अमलेखगञ्ज पाइपलाइन विस्तृत इन्जिनियरिङ सर्भेमा यस्तो अवस्था देखिएको हो ।

निगमका प्रवक्ता भानु खनालले प्राविधिक अध्ययनबाट अमलेखगञ्ज पाइपलाइन र वीरगञ्ज पथलैया सडक विस्तारका लागि ४ हजार घर तथा झुपडी भत्काउनुपर्ने देखिएको बताएको आजको कारोबार दैनिकमा समाचार छ ।

सडक विभागले वीरगञ्ज पथलैया सडक दुई लेनबाट ६ लेनको बनाउने योजना अगाडि बढाएको छ । सडक विस्तार योजना अगाडि नवढे पाइपलाइन निर्माण हुन नसम्ने निगमले जनाएको छ।

वीरगञ्ज अमलेखगञ्जभित्र साना ठूला गरी झन्डै १३ हजार रुख काट्नुपर्ने देखिएको छ ।

रक्सौल अमलेखगञ्जमा पाइपलाइन निर्माणका २ अर्ब ७५ करोड भारतीय रुपैया छ । जसमध्ये भारतीय आयल कर्पोरेसनको २ अर्ब भारु र निगमको ७५ करोड भारु लगानी गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?