मान्छेहरुले आफुले काम गर्ने अफिसमा विभिन्न निहुँ पारेर विदा लिइरहने गर्छन् । जसरी हुन्छ महिना गुजार्ने र तलब थाप्ने ध्याउन्न हुन्छ उनीहरुको र तोकिएको विदाको सुविधा जसरी पनि लिएरै छाड्छन् चाहे ती विदा उनीहरुलाई आवश्यक नहोउन् ।
यस्तो इमान्दारिताको मामिलामा मान्छेको तुलनामा यो बिरालो कैयन् गुणा अग्रस्थानमा देखिएको छ ।
अमेरिकाको न्यूयोर्कमा एउटा यस्तो कर्मचारी बिरालो छ जसले पछिल्लो ९ वर्षदेखि एकदिन पनि छुट्टी नलिइकन एउटा स्टोरमा काम गरिरहेको छ ।
न्युयोर्कको चाइना टाउनस्थित एक स्टोरमा खटिएको बिरालोको नाम हो बोबो ।
बोबोलाई ९ वर्षअघि स्टोरमै काम गर्ने एक कर्मचारीले लिएर आएका थिए । त्यसयता यो बिरालोले निरन्तर उक्त दुकानको पहरा दिइरहेकेा छ ।
यो बिरालोले स्टोरको गेटमा बसेर ग्राहकलाई स्वागत गर्ने काम गर्छ । यसले स्टोरमा आउने नियमित ग्राहकलाई चिन्नसक्ने भएको छ । महिला कर्मचारी ऐनी यो बिरालोको हेरचाह गर्छिन् ।
स्थानीय क्षेत्रमा यो बिरालो चर्चित बनिरहेको छ । कतिपय मिडियाहरुले खबर प्रकाशित गरेका छन् टेलिभिजनहरुले यसको स्टोरी देखाएका छन् । बोबोको सोसल अकाउन्ट इन्स्टाग्राम पनि छ जहाँ उसका हजारौँ फलोअर्स छन् ।
प्रतिक्रिया 4