+
+

महाअभियोग प्रस्ताव सत्ताको खेल होइनः रविन्द्र अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ९ गते १६:३९

rabindra-adhikari

९ कात्तिक, काठमाडौं । एमाले सांसद रविन्द्र अधिकारीले संवैधानिक निकायको प्रमुखले संविधान विपरित गरेको दादागिरी रोक्न महाअभियोग प्रस्ताव ल्याउनु परेको बताएका छन् ।

संवैधानिक पदाधिकारीलाई कारबाही गर्ने यो भन्दा अर्को विधि नभएको स्मरण गराउँदै उनले भने, ‘महाअभियोग अनियमितता र खराब आचरण रोक्न आएको हो, गठबन्धन र सत्तासमिकरणको विषय होइन ।’

सांसद अधिकारीले मुलुकमा कि अवैधानिक गतिविधि बढ्दा पनि टुलुटुल हेर्नुपर्ने या नियन्त्रण गर्नुपर्ने अवस्था आएको बताए ।

‘अख्तियारको गतिविधिबारे कसैले केही बोल्यो की अख्तियारको कारबाही भोग्नुपर्ने स्थिति आयो, जनता आफ्नै संबैधानिक निकायबाट प्रताडित बन्नुपर्‍यो,’ उनले भने, ‘यस्तो बेला टुलुटुलु हेरेर बस्न सकिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?