Comments Add Comment

प्रिन्स ह्यारीकी प्रेमिकासँग प्रियंकाको के सम्बन्ध ?

priyankaमुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले सफलताको सिंढी चढ्ने क्रममा छिन् । हलिउड सिरियल क्वान्टिको मार्फत हलिउडमा डेब्यु गरेकि प्रियंकाको साथीहरुको सूचीमा इङल्याण्डका राज खान्दान समेत जोडिन आइपुगेका छन् ।

क्वान्टिकोको को-स्टार यासमिन अल मासरी र मिशेल डोसाँटेको अतिरिक्त हलिउड अभिनेत्री मेगन मार्कल पनि प्रियंकाको साथी बनेकि छिन् । मेगन अहिले प्रिन्स ह्यारीको प्रेमिकाको रुपमा चिनिन्छिन् ।

अमेरिकन नाटक ‘स्वीट’वाट चर्चामा आएकी मेगनसँग केहि दिनअघि मात्रै प्रियंकाले घुमफिर गरेको तस्वीर सार्वजनिक भएको थियो । मेगनले केहि तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेकि थिइन् ‘प्रियंकासंग घुमेर विदा मनाइयो’ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment