२८ कात्तिक, बुटवल । विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दको कारण आज विहानै देखि बुटवल क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
जनजिविका, राष्ट्रियता, भ्रष्टचार, कालो बजारी खाद्य सम्प्रभुता लगायतका माग राख्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आज एक दिन नेपाल बन्दको आह्वान गरेको हो ।
बन्दको कारण आज विहानै लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । बन्दका कारण उद्योग तथा बजार खुल्न सकेका छैनन् ।
छिटुफुटरुपमा मोटरसाइकल र इरिक्सा चलेपनि लामो तथा छोटो दुरीका सार्वजनीक सवारी साधनहरु भने संचालनमा आउन सकेका छैनन् ।
बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म बन्दको आब्हान गरिएको नेकपा माओबादीका केन्द्रिय सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज चन्द्रबहादुर चन्द बिरजंगले अनलाइनखबरलाई बताए ।
बन्दमा हिंसात्मक गतिविधि हुन नदिनका लागि आज विहानै देखी बुटवल लगाायतका चोक चोकमा प्रहरीहरु तैनाथ गरेपनि सडकमा भने बन्द कर्ताको अनुपस्थिती रहेको छ ।
यसैवीच बन्दको पुर्वसन्ध्यामा हिजो साझ बुटवलमो राके जुलुस निकालिएको छ । बुटवलका तीन छुट्टाछुट्टै स्थानबाट निकालिएको रांके जुलुसमा सहभागि ५ जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4