२९ कात्तिक, काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव लक्ष्मण थपलियाले केपी ओली र विद्या भण्डारीले उपचार खर्च लिँदा हुने सुजाताले किन नहुने भन्ने प्रश्न गरेका छन् ।
‘केपी ओली, विद्या भण्डारी, पूर्वराष्ट्रपति सबैले उपचार खर्च लिएका छन्,’ थपलियाको भनाई उधृत गर्दै आजको नयाँपत्रिका दैनिकले लेखेको छ-‘सबैले लिँदा हल्ला भएन, हामीले लिँदामात्रै हल्ला भयो ।’
नयाँपत्रिका दैनिकका अनुसार स्तन क्यान्सर भएकी सुजाता उपचारका लागि सिंगापुरतिर लागेकी छिन् ।
कसले कति उपचार खर्च लिए ?
त्यसैगरी आजको नयाँपत्रिकाले कुन नेताले कति उपचार खर्च लिए भन्ने विवरणसमेत छापेको छ । जसमा उपचारखर्च लिने नेताहरुको यस्तो सूची दिइएको छ-
पूर्वप्रधानमन्त्री स्व. सुशील कोइराला- १ करोड ६२ लाख
एमाले अध्यक्ष केपी ओली- १ करोड २६ लाख
पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह- ८० लाख
पूर्वराष्ट्रपति रामवरण यादव- ६० लाख
कांग्रेस नेता चक्र बास्तोला -५० लाख
माओवादी नेता नारायणकाजी श्रेष्ठ- ३८ लाख
पूर्वप्रधानमन्त्री तुलसी गिरी- २५ लाख
कांग्रेस नेता गोविन्दराज जोशी- २० लाख
कांग्रेस नेता खुमबहादुर खड्का -२० लाख
पूर्वपरराष्ट्रमन्त्री स्व. साहना प्रधान -१३ लाख
प्रतिक्रिया 4