+
+

संशोधनबारे मधेसी मोर्चासँग छलफल गरेर अगाडि बढ्ने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ७ गते १६:२३
फाइल तस्वीर
फाइल तस्वीर

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेस संविधान संशोधन प्रस्ताव दर्ता गर्नुभन्दा पहिले मधेसी मोर्चासँग छलफल गरेर अगाडि बढ्ने बताएको छ ।

सिंहदरबारस्थित पार्टीको संसदीय कार्यालयमा मंगलबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा संविधान संशोधनका विषयलाई मूर्तरुप दिने विषयमा छलफल भएको छ । संविधान संशोधनका विषयमा मधेसी मोर्चासँग र अन्य सरोकारवालासँग छलफल गरेर अगाडि बढ्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

कांग्रेस महामन्त्री विमलेन्द्र निधिले संविधान संशोधनका विषयमा भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मधेसी मोर्चा र सरकारमा सामेल अन्य दलसँग छलफल गरेर संशोधनको प्रस्ताव तयार पार्ने बताए । संशोधनका वातावरण कसरी बनाउने भन्ने विषयमा छलफल भइरहको उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका निधिले बताए ।

कांग्रेसका नेता अर्जुननरसिंह केसीले सीमांकन, भाषा, नागरिता र राष्ट्रिय सभाको प्रतिनिधित्व लगायतका विषयमा छलफल भएको बताए ।

एमाले र मधेसी मोर्चासँग छलफल गरेर यस विषयमा निष्कर्षमा पुगिने भन्दै उनले पाँच प्रदेशको सीमांकनका विषयमा त्यहाँकै जनप्रतिनिधिका विषयमा कुरा गरेर अगाडि बढ्ने बताए । उनले भने,  “अङ्गीकृत नागरिकलाई मुलुकको सर्वोच्च पद दिने कुरो कुनै हालतमा स्वीकार्न सकिँदैन ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?