१२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २/४ दिन बास बसेको घरलाई संग्रहालय घोषणा गरेको भन्दै प्रधानमन्त्री प्रचण्डमाथि व्यंग्य गरेका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा पत्रकारहरुसँग कुरा गर्दै विपक्षी दलका नेता ओलीले सरकारको ५ महिनाको काममाथि प्रश्न उठाए । संक्रमणकालीन सरकार, त्यसमाथि एउटा सरकारलाई विस्थापित गरेर आएको भन्दै ओलीले भने- ‘देखासेखीका हिसावले पनि त केही गर्नुपर्ने हो ।’
यो सरकारले गरेको विकासका काम भनेको गुरिल्ला ट्रेल खोल्नु र २/४ दिन बसेका घरमा संग्रहालय बनाउनु भएको भन्दै ओलीले व्यंग्य गरे । ‘नबुझिएको कुरा नि’ भन्दै ओलीले प्रश्न गरे, ‘त्यहाँ संग्रह के नै हुन्छ र ? त्यहाँ ओडेको सिरक, डसना, कम्मल राख्ने कि ?’
संविधान संशोधन देशको हितमा नभएको भन्दै उनले सरकारले तत्काल चुनावको घोषणा गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4