+
+

यस्तो नीतिले फेरि चल्लान् त जीवन लुइटेल ?

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ८ गते ११:५१


नायक जीवन लुइटेललाई केहि बर्षयता चलचित्र बजारमा टिक्न खुबै गाह्रो भैरहेको छ । एकपछि अर्को असफल चलचित्रले जीवनको करिअर सकियो भन्नेहरु पनि छन् । तर, जीवन यी कुरा मान्न तयार छैनन् । उनले सबैको करिअरमा उतारचढाव आएतापनि फेरि आफू जम्ने बताउँदै आएका छन् ।

जीवन अभिनित चलचित्र ‘लेक साइड’ एक साता अगाडि रिलिज भयो । चलचित्रको प्रचारमा उनी नदौडिएका होइनन् । तर, चलचित्रको व्यापार खासै गतिलो भएन । जसले गर्दा, जीवनले बजार फर्किने आशा गरेपनि अब फर्किदैन भन्नेहरु पनि छन् ।

नायक जीवन लुइटेल चलचित्र बजारमा चल्नका लागि नयाँ नीति बोकिरहेका छन् । उनी आउँदो बर्ष एउटा मात्र चलचित्र खेल्ने तयारीमा छन् । उनका अनुसार, २०७४ मा एउटा मात्र चलचित्र उनले खेल्नेछन् । यस्तै, २०७५ सालमा भने जीवन २ वटा चलचित्र खेल्ने तयारीमा छन् ।

जीवन अब कम चलचित्र खेलेर हिट दिने सोचमा छन् । के, यो नीतिले जीवनको गुम्दै गएको स्टारडम फर्किएला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?