१२ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनलाई स्थानीय तहको निर्वाचनसँग नजोड्न चेतावनी दिएका छन् ।
वरिष्ठ नेता खनालले संविधान विरोधी रहेकाले आफूहरुले संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउन नदिने अडान लिएको स्पष्ट पारे । झापाको विर्तामोडमा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै खनालले संविधान संशोधन प्रस्ताव संविधान सम्मत छ भनेर प्रमाणित गरेर देखाउन सरकारलाई चुनौति दिए ।
एमाले वरिष्ठ नेता खनालले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनमा जान्न भनेर मधेसवादी दलहरुले हुतिहारापन देखाएको टिप्पणी गरे । निर्वाचनको स्वागत गरेर अघि बढनुको विकल्प नरहेको उनको भनाइ थियो ।
खनालले निर्वाचनले गाउँगाउँमा लोकतन्त्रको अनुभूति दिलाउने भन्दै ढिला नगरी निर्वाचनमा आउन मधेसी मोर्चालाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4