+
+

नक्कली पेस्तोल र चक्कुसहित तुलसीपुरमा पाँचजना पक्राउ

रासस रासस
२०७४ वैशाख २८ गते ९:२२


२८ वैशाख, दाङ । दाङको तुलसीपुरबाट पाँचजना व्यक्ति नक्कली पेस्तोल र चक्कुसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार राति तुलसीपुरको बरुवा गाउँ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ परेकामध्ये तीनजना बालक छन् । तुलसीपुर उपमहानगरपालिका–५ पुरानो बसपार्क निवासी १७ वर्षीय शङ्कर विक, वडा नं ६ बरुवा गाउँ निवासी १४ वर्षीय अजय नेपाली, बरुवा गाउँकै १५ वर्षीय सुरज नेपाली, वडा नं ५ त्रिशिद्धेश्वरी मन्दिरनजिकै बस्ने २० वर्षीय सन्तोष नेपाली पक्राउ परेको इप्रका तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार मङ्गलबार राति ९ः३० बजेतिर उनीहरुलाई बरुवा गाउँस्थित गोरखा बोर्डिङ पछाडिको क्षेत्रबाट नक्कली पेस्तोल र चक्कुसहित पक्राउ गरिएको हो । सबैजना मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?