४ जेठ, बाग्लुङ । बाग्लुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका नेता जनक पौडेल र उपमेयरमा राप्रपाका नेता सुरेन्द्र खड्का विजयी भएका छन् ।
मेयर पदमा विजयी पौडेलले १२ हजार ३ सय ६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठले १० हजार ६७ मत प्राप्त गरेका छन् ।
यस्तै, राप्रपाका सुरेन्द्र खड्काले ११ हजार १ सय ८७ मत प्राप्त गरी उपमेयरमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शकुन्तला शर्माले ९ हजार ३१ मत प्राप्त गरेकी छिन् ।
बाग्लुङ नगरमा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपाबीच गठबन्धन भएको थियो भने केही वडामा माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गरेको थियो । १४ वटा वडा रहेको बाग्लुङ नगरपालिकाका ११ वटा वडामा गठबन्धनले र तीन वटा वडामा कांग्रेसले जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4