
१८ जेठ, झापा । प्रहरीले जिल्लाको भद्रपर विमानस्थलबाट अवैध भारतीय रुपैयाँसहित बिहीबार बिहान एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले भारतको रायगढा उडिसा स्थायी ठेगाना भएका २४ वर्षीय भवानी शंकर नाइडुलाई काठमाडौंतर्फ जान लागेको अवस्थामा अवैध भारुसहित पक्राउ गरेको हो ।
उनको साथबाट दुई हजार दरको १ सय २५ थान भारतीय नोट फेला पारिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4