+
+

आज प्रधानमन्त्री निर्वाचन, अवरोध कायम रहे के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २१ गते ६:४४

२१ जेठ, काठमाडौं । व्यवस्थापिका संसद्ले नयाँ प्रधानमन्त्रीको निर्वाचन आजका लागि तय गरेको छ । तर, दोस्रो ठूलो नेकपा एमालेले भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णयमा असन्तुष्टि जनाउँदै संसद्मा अवरोध जारी राख्ने निर्णय गरेको छ । यस्तो अवस्थामा आइतबारका लागि तोकिएको प्रधानमन्त्री निर्वाचन अन्योलमा छ ।

संविधान तथा नियमावलीका आधारमा सभामुख ओनसरी घर्तीलाई संसदको प्रक्रिया अगाडि बढाउने अधिकार छ । बैठकको विषयमा सभामुख आफैंले निर्णय लिन सक्नेछिन् ।

संसद्का कानूनी सल्लाहकार अर्जुनकुमार खड्काले विपक्षीहरुले संसद् चल्नै नदिई अवरोध पुर्याएमा सभामुखले बैठक सञ्चालनमा के गर्ने भन्ने उपयुक्त निर्णय लिन सक्ने बताए ।

विपक्षीहरुको अवरोधबीच सभामुखले प्रक्रिया अगाडि बढाउन पनि सक्छिन् । तर, यसो गर्दा अप्रिय घटनासमेत हुने सम्भावना रहन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?