+
+

भारतमा भएको जीप दुर्घटनामा ३ नेपालीको मृत्यु, २ घाइते

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७४ असार २२ गते १८:०४

२२ असार, दार्चुला ।  भारतको पीथरौगढ जिल्लाको खोतिला भन्ने स्थानमा जीप दुर्घटनामा परि एकै घरका ३ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्चुला, पीपलचौर सौतलीका हिरादेवी बम उनका छोरा ओमकार र छोरी प्रियंका रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । त्यस्तै दुर्घटनामापीपलचौरीकै डम्बरी बम र माधुरी बम घाइते छन् । दुर्घटनामा परी २ जना भारतीय नागरिक पनि मृत्यु भएको छ ।

युके ०५ पीए १२८१ नम्बरको जीप भारतको गर्भाधारबाट धार्चुलातिर आइरहेका बेला खोतिला भन्ने ठाउँ विहीबार दिउँसो पहिरोमा परेको प्रहरीले जनाएको छ ।

पहिरोले जीप पुरिदा जीपमा सवार ३ जना नेपाली तथा २ जना भारतीय नागरिकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

नेपालतिर बाटो नहुदा दार्चुलाको दुहू क्षेत्रका स्थानीयहरु सदरमुकाम खलंगा आउन पनि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?