+
+

अर्घाखाँचीमा ३५ प्रतिशत रोपाइ सकियो

घनश्याम पौडेल घनश्याम पौडेल
२०७४ असार २६ गते १०:२४


२६ असार, अर्घाखाँची । स्थानीय तह निवार्चनले गर्दा यस वर्ष अर्घाखाँचीमा धान रोपाइ ढिलो भएको छ । अर्घाखाँचीका गाउँ तथा नगरका वडाहरुका फाँटमा जेठ २० गतेबाट नै रोपाइ सुरु गरिएको हो ।

जेठ ३१ गते स्थानीय तहको चुनाव हुने भनेसँगै असारमा रोपाई गर्ने गरी कृषकहरुले हिले तथा धुले विउँ राखेका थिए । तर चुनाव असार ९ हुँदै १४ का लागि सरेसँगै कृषकहरुले पनि रोपाइ सारेका थिए ।

जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत थिरीलाल गैरेका अनुसार, चुनावपछि रोपाइले गति लिएको छ र, ३५ प्रतिशत सकिएको छ ।

अर्घाखाँचीका पानी लाग्ने फाँटमा हिले बिउ र टारी खेतमा धुले बिउ राख्ने चलन छ । ‘सुरुमा पानी आएन, पछि चुनावले रोपाइलाई असर गर्यो,’ एक कृषकले भने ।

ट्याक्टर प्रयोग बढ्दो

पहिले गोरुको अत्यधिक प्रयोग गरिने फाँटहरुमा आजभोलि रोपाइका लागि ट्याक्टरको प्रयोग बढ्दै गएको छ । कम लगानी र थोरै समयमा धेरै जोतिने भएकाले पछिल्लो समयमा जिल्लाको सन्धिखर्कको विहार, दुर्गाफाट, मथुराफाट लगायतका फाँटहरुमा ट्याक्टरको प्रयोग बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?