+
+

सप्तरीका बाढी पीडितलाई २५ हजार राहत दिने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २६ गते ११:०१

२६ असार, काठमाडौं । सरकारले सप्तरीका बाढी पीडितलाई टहरा निर्माण र जस्तापाताका लागि तत्काल प्रतिपरिवार २५ हजार राहत उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सप्तरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरी बाढि पीडितलाई २५ हजार रुपैया उपलब्ध गराउने घोषणा गरेका थिए ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले त्यसलाई अनुमोदन गरेको छ । साथै सबै बाढी पीडितलाई सोही मापदण्डमा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी पीडितको बसोबासको व्यवस्था गर्न १५ लाख रुपैयाँ सहुलियत ऋणको व्यवस्था गर्ने प्रधानमन्त्रीको प्रतिवद्धतालाई पनि अनुमोदन गरेको छ ।

प्रतिनिधि सभाको सदस्य निर्वाचन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका संसद समक्ष पेश गर्ने निर्णय सरकारले गरेको छ । सप्तरीमा स्थानीय महोली खोलाको बाढीले तिरहुत गाउँपालिकाको लोहजारा बाँध भत्काएपछि ६ सय भन्दा बढी घर परिवार डुवानमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?