नायिका प्रियंका चोपडालाइ दर्शकले बलिउड चलचित्रमा नदेखेको बर्ष दिन भन्दा बढी भैसकेको छ । हलिउड चलचित्रमा व्यस्त हुन थालेपछि प्रियंकालाइ दर्शकले बलिउड पर्दामा देख्न पाएका छैनन् ।
तर, अहिले भारतमा रहेकी चोपडाले संजयलिला भन्सालीको नयाँ चलचित्रमा काम गर्न लागेको चर्चा चलिरहेको छ । यो विचमा, चोपडाकी आमा मधु चोपडाले छोरीसँग यो बर्ष कुनै पनि बलिउड चलचित्रमा काम गर्ने समय नभएको बताएकी छिन् ।
मधुले भनिन्-‘संजयलिला भन्सालीको चलचित्रका लागि मैले कुनै तयारी देखेकी छैन । गुस्ताकियाँ’ निकै राम्रो चलचित्र छ । मैले यसको कथा पढेकी छु र संजय नै यो चलचित्र बनाउनका लागि सक्षम छन् ।’
उनले यदि, यो बर्ष नै चलचित्र निर्माणको सुरुवात भयो भने पि्रयंकाले काम गर्न नसक्ने समेत स्पष्ट पारेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4