+
+

दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा निर्वाचन कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ९ गते १५:४५

  • जिल्ला निर्वाचन कार्यालय रूपन्देहीको स्थापना पछि सामुहिक तस्वीर खिचाउँदै कर्मचारी । तस्वीरः सलमान खान/अनलाइनखबर

९ कात्तिक, काठमाडौं । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४५ जिल्लामा बिहीबार निर्वाचन कार्यालय स्थापना गरिएका छन् ।

निर्वाचन आयोगले जनाए अनुसार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका हुन् ।

दोस्रो चरण अन्तरगत प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा १ करोड २१ लाख ९८ हजार ८५२ मतदाताले मताधिकारको प्रयोग गर्ने जनाइएको छ ।

दोस्रो चरणको निर्वाचनका लागि कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम तोकिएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?