+
+

नारायणमान विजुक्छे उम्मेदवार नै बनेनन्

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १६ गते १९:५४

१६ कात्तिक, काठमाडौं । लगातार ५ पटक चुनाव जितेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे यो पटक उम्मेदवार नै बनेनन् ।

प्रतिनिधिसभाका लागि भक्तपुर क्षेत्र नम्बर १ मा प्रेम सुवाल र २ मा अनुराधा थापा मगरले मनोनयन दर्ता गरेका हुन् । दुबै निवर्तमान सांसद हुन् ।

प्रदेशसभातर्फ १ को ‘क’मा निरज लवाज र ‘ख’मा सुरेन्द्र गोसाई तथा २ को ‘क’सरोजराज गोसाई र ‘ख’मा प्रेमजन थापाले उम्मेदवारी दिएका छन् ।

नयाँ पुस्तालार्इ अवसर दिन अाफू चुनावमा नउठ्ने निर्णय गरेको उनले अनलाइनखबरलार्इ बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?