- नेपाली कांग्रेसका तर्फबाट डोटीका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार
१६ कात्तिक, डोटी । दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि डोटीमा २० जनाले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभाका लागि ७ र प्रदेशसभाका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र कायम भएको यस जिल्लामा पाँच दलले उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट बहालवाला भौतिक योजना निर्माण तथा यातायत मन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् । कांग्रेस पार्टी कार्यालयबाट बिशाल र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका बलायरले दिउँसो २ उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै वाम गठबन्धनको तर्फबाट एमाले बैकल्पिक केन्द्रीयसदस्य प्रेमबहादुर आलेमगरले उम्मेदवारी दर्ता गराएका छन् । एमाले-माओवादीले संयुक्त र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका आलेमगरले दिउँसो साढे ३ बजे उम्मेदवारी दर्ता गराए ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बेणीमाधब जोशी, नयाँ शक्ति पार्टी नेपालका चन्द्रदेव ओझा, विवेकशील साझा पार्टीका पुष्कर कुँवर, संघीय समाजबादी फोरमका जिल्ला अध्यक्ष श्रीचन्द्र श्रेष्ठ र नेपाल दलित पार्टीका उमेश टेलरले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन ।
दुई क्षेत्र रहेको प्रदेश सभाका लागि प्रदेश सभा क्षेत्र ‘क’बाट नेपाली कांग्रेस संसदीय बोर्डका सदस्य भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन् । खड्का निबर्तमान सांसद हुन । यस्तै क्षेत्र ‘ख’बाट कांग्रेस नेता योगेन्द्र शाहीले मनोनयन दर्ता गरेका छन् ।
- वाम गठबन्धनका उम्मेदवार
वाम गठबन्धनको तर्फबाट प्रदेश सभा क्षेत्र ‘क’मा नेकपा एमालेका डोटी जिल्ला अध्यक्ष चक्र मल्लले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र ‘ख’मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य त्रिलोचन भट्टले उम्मेदवारी दिएका छन् ।
यस्तै राष्ट्रिय जनमोर्चाको तर्फबाट क्षेत्र ‘क’मा नरेश आलेले उम्मेदवारी दिएका छन् । जिल्लामा उम्मेदवारी दर्ता गराउने पहिलो उम्मेदवार हुन् । मोर्चाबाट क्षेत्र ‘ख’मा पार्टी जिल्ल्ाा सचिव केशवनाथ योगीले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपा राष्ट्रबादीका तर्फबाट प्रदेश सभा ‘क’का लागि बहादुर सिंह खड्का, बिवेकशील साझा पार्टीका गणेशप्रसाद उपाध्याय, नयाँ शक्तिका कैलाशसिंह साउँद र नेपाल दलित पार्टीका कल्पना बागचनले उम्मेदवारी दिएका छन् । क्षेत्र ‘ख’बाट राप्रपाका राजप्रसाद जोशी, बिवेकशील साझा पार्टीका रोशन पन्त र संघीय समाजबादी फोरमका मानवहादुर थापाले पनि उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया 4