२१ कात्तिक, भक्तपुर । भक्तपुरको नयाँ ठिमीस्थित हनुमन्ते खोला छेउमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष छन् ।
महानगरीय प्रहरी वृत्त, भक्तपुरका अनुसार शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4