+
+

दाङमा आठजना महिला चुनावी मैदानमा

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २३ गते १२:०२

२३ कात्तिक, दाङ । मंसिर २१ गते हुने प्रतिनिधिसभा  र प्रदेशसभा सदस्यको चुनावमा प्रत्यक्षतर्फ दाङबाट आठजना महिला चुनावी मैदानमा उत्रिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार प्रतिनिधि सभा सदस्यमा चार र प्रदेश सभा सदस्यमा चार गरी जम्मा आठ जना महिला चुनावी मैदानमा उत्रेका हुन् ।

यसरी चुनावी मैदानमा उत्रिनेमा प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं १ बाट नेपाली कांग्रसबाट सुशीला चौधरी, प्रतिनिधिसभा सदस्यका लागि सोही क्षेत्रबाट नेकपा मालेबाट रेखा केसी, दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट दिलमाया बुचा र प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नं ३ बाट राष्ट्रिय जनमोर्चाबाट कमला जिसी चुनावी मैदानमा उत्रिएका छन् ।

त्यसैगरी, प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नं १ (क) बाट नेकपा (माले)का सविता जिसी (पाण्डे), दाङ क्षेत्र नं २ (क) बाट राष्ट्रिय जनमुक्ति पार्टीका आशा नेपाली, क्षेत्र २ (क) बाट नै नयाँशक्ति पार्टीका पद्मा बानियाँ र दाङ क्षेत्र नं ३ क बाट राष्ट्रिय जनमुक्ति पार्टीका लिला पहाडी चुनावी प्रतिष्पर्धामा रहेका छन् ।

दाङमा प्रतिनिधिसभा सदस्यका लागि चार महिलासहित जम्मा ३० जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् भने प्रदेशसभा सदस्यका लागि पनि चार महिलासहित जम्मा ५१ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?