Comments Add Comment

आर्यन र साम्राज्ञीको जोडी जम्दै, बन्ने भयो ‘कायरा’


चलचित्रको पर्दामा नायक आर्यन सिग्देललाई चकलेटी हिरोको रुपमा चिनिन्छ । उनको चकलेटी अनुहारले नै एक दशकदेखि उनले चलचित्र क्षेत्रमा राम्रो स्थान बनाए । केही बर्ष अगाडिसम्म त आर्यन नेपालको नम्बर १ नायकको रुपमा स्थापित थिए । अहिले, उनको क्रेज केही कम भएको छ ।

पछिल्लो चलचित्र ‘रुद्रप्रिया’ बक्स अफिसमा असफल भएपछि आर्यन अब सुरक्षित बाटोको खोजीमा छन् । आर्यन जस्ता कलाकार चलचित्र क्षेत्रबाट हराउनु हुँदैन भन्ने जमात पनि ठूलो छ । यसैले, अब आर्यन आफ्नै होम प्रोडक्शनमा चलचित्र निर्माण गर्ने तयारीमा जुटेका छन् ।

आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको वर्किङ टाइटल ‘कायरा’ राखिएको छ । यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन् । लक्ष्मणले आर्यनसँग चलचित्र ‘धुवा यो नशा’मा काम गरेका थिए भने, ‘केशरी’ अधुरै रह्यो ।

आर्यनले निर्माण तथा अभिनय गर्न लागेको चलचित्रको मुख्य भूमिकामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने पक्का भएको छ । साम्राज्ञीले यो चलचित्रको कथा निकै मन पराएकी छिन् । चलचित्रको छायांकन फिलिपिन्समा हुनेछ । साम्राज्ञीले यो चलचित्रका लागि चर्को पारिश्रमिक पनि लिएकी छिन् । वुझिएअनुसार, उनले यो चलचित्रमा १० लाख पारिश्रमिक लिएकी छिन् । तर, निर्माणपक्षले यो बिषयमा केही पनि बोलेको छैन ।

अनमोल केसी, सलिनमान बनियाँ जस्ता चकलेटी नायकसँग जोडी वाधेकी साम्राज्ञीले अब अर्का चकलेटी नायकसँग काम गर्ने तयारी गरेकी छिन् । बक्स अफिसमा साम्राज्ञी र आर्यनको जोडीले कस्तो कमाल मच्चाउला, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment