+
+

उम्मेदवारको सुरक्षामा रुपन्देही प्रशासन सतर्क, विप्लवको गतिविधिमाथि नजर

सलमान खान सलमान खान
२०७४ मंसिर १ गते १५:१३
फाइल फोटो

१ मंसिर, भैरहवा । रुपन्देहीमा उम्मेदवारहरुको सुरक्षाका लागि जिल्ला प्रशसान कार्यालयले उच्च सुरक्षा सर्तकता अपनाएको छ ।

मुलुकको विभिन्न जिल्लामा उम्मेदवारहरुमाथि श्रृंखलाबद्ध बम आक्रमण भइरहँदा यस जिल्लाका उम्मेदवारहरुको सुरक्षामा पनि सर्तकता अपनाइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

साथै, हाइप्रोफाइल उम्मेदवारहरुको विशेष निगरानीसँगै उम्मेदवारहरुले सुरक्षा माग गरेको अवस्थामा आवश्यकता अनुसार सुरक्षा समेत उपलब्ध गराइरहेको उनले जानकारी दिए ।

‘उम्मेदवारलाई लक्षित गरी विभिन्न जिल्लामा श्रृंखलाबद्ध बम आक्रमण भइरहँदा हामीले जिल्लामा र उम्मेदवारहरुको सुरक्षामा सर्तकर्ता अपनाएको छौँ’, रेग्मीले भने, ‘उम्मेदवारहरुले सुरक्षा माग गरेको अवस्थामा हामीले आवश्यकता अनुसार तत्काल सुरक्षा समेत उपलब्ध गराइरहेका छौँ ।’

उनले थपे, ‘जिल्लामा कुनै पनि किसिमको घटना हुन नदिनका लागि हामीले सुरक्षा व्यवस्था मिलाएका छौँ र त्यही अनुसार सुरक्षा जनशक्ति परिचालन गरिएको छ ।’

उनले हालसम्म कुनै पनि उम्मेदवारलाई थ्रेट नआएको तर आफुहरु सर्वसाधरण र उम्मेदवारको सुरक्षामा सर्तक रहेको बताए ।

जिल्ला सुरक्षा समितीले अति संवेदनशिल र संवेदनशिलमा वर्गिकरण गरेको मतदान स्थाल भएको क्षेत्रमा पनि विशेष सुरक्षा अपनाएको छ ।

उनले निर्वाचन अघि सर्वसाधरणमा भय उत्पन्न गराउनका लागि घटना घटाइएपनि यस जिल्लामा कुनै किसिमको समस्या नरहेको तर सर्तकता अपनाउनु आवश्यक रहेको बताए ।

सुरक्षा कडाई, विप्लबमाथि नजर

यस्तै, निर्वाचनको लागि जिल्ला सुरक्षा समितीले गरेको निर्णय अनुसार जिल्लाको सुरक्षा व्यवस्थाम मिलाइएको र कुनै व्यक्ति उपर शंकस्पाद लागेमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको रुपन्देही प्रशसानले जनाएको छ ।

विशेष गरी विप्लव माओवादीको पकड क्षेत्र मानिने क्षेत्रहरुमा उच्च सुरक्षा सर्तकर्ता अपनाइएको साहयक प्रजिअ रेग्मीले बताए ।

‘विप्लव माओवादीको नेता, कार्यकर्ताको गतिविधि उपर निगरानी बढाएको छौँ’, उनले भने, ‘शंकास्पद लागेका व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’

शंकास्पद गतिविधिका कारण प्रशासनले लुम्बिनीबाट विप्लव माओवादीको जिल्ला नेता विक्रमप्रसाद यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

विप्लवका साथै सिके राउतको कार्यकर्ताको गतिविधि माथि पनि निगरानी राखेको प्रशसानले बताएको छ ।

उनले सुरक्षा समितिद्वारा आह्वान गरिएको सर्वदलिय बैठकमा उम्मेदवारहरुलाई सुरक्षाको विषयमा कुनै पनि किसिमको समस्या आएमा तत्काल सम्पर्क गर्न र आफ्नो दैनिक कार्यक्रम बारे जानकारी गराउन आग्रह गरिएको बताए ।

जिल्लाको विभिन्न क्षेत्रमा म्यादी प्रहरी, नेपाल प्रहरी र सस्शत्र प्रहरीले पैदल गस्ती, मोबाइल गस्ती गरिरहेका जिल्ला प्रशसान कार्यालय रुपन्देहीले जनाएको छ ।

यो पनि पढ्नुस् 

उम्मेदवार लक्षित शृंखलाबद्ध बम आक्रमणः ७ दिनमा ६ नेता निशानामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?