१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मदेवार निधीले आफूलाई जेलमा रहेको सञ्जय साहका मानिसहरुको समर्थन रहेको स्वीकार गरेको बताएका छन् ।
केही दिनयता विरामी भएर ओम अस्पतालमा उपचार गराएका कांग्रेस नेता निधीले मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा भने-‘म प्रधानमन्त्रीको रेसमा छैन ।’
नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी र प्रकाशमान सिंह लगायतले भावी प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरिरहँदा निधीले आफू यो दौडमा नरहेको स्पष्ट पारेका हुन् ।
सञ्जय साहको समर्थन निधीलाई
यसैवीच जेल जीवन बिताइरहेका सदभावनाका पूर्व सांसद सञ्जय साहको समर्थन आफूलाई रहेको कांग्रेस नेता निधिीले घुमाउरो किसिमले समर्थन गरेका छन् ।
जनकपुर बम विस्फोट काण्डमा हाल जेल जीवन बिताइरहेका सञ्जय साहको समर्थन तपाईलाई छ रे नि ? भन्ने पत्रकारको प्रश्नमा कांग्रेस नेता निधीले आफूलाई साहको नभएर उनका मानिसहरुको समर्थन रहेको बताए ।
०७० को चुनावमा धनुषाबाट प्रत्यक्ष चुनाव जितेका साहका कार्यकर्ता र मतदाताहरु त्यहाँको चुनावमा निणर्ायक मानिने अनुमान गरिएको छ । उनीहरुको समर्थन राजेन्द्र महतोलाई नभएर निधीलाई हुने दाबी कांग्रेस कार्यकर्ताहरुले गर्दै आएका छन् ।
स्वास्थोपचारपछि बुधबारदेखि आफू निवार्चचन क्षेत्रमा खट्नका लागि मधेस र्झन लागेको निधीले जानकारी दिए ।
प्रतिक्रिया 4