+
+

भोट हालेपछि लालबाबुले भने- प्रतिस्पर्धीलाई कामज्वरो आयो (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २१ गते ११:०१

२१ मंसिर, काठमाडौं । एमाले नेता लालबाबु पण्डितले वाम गठबन्धन देखेर लोकतान्त्रिक गठबन्धनका नेताहरुलाई कामज्वरो आएको टिप्पणी गरेका छन् ।

मोरङ क्षेत्रनम्बर ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पण्डितले अनलाइनखबरसँग भने, ‘कतिपय ब्यक्ति चुनाब हारिन्छ र हारेपछि सत्ता जान्छ भनेर बर्बराएका छन् । बर्बरावट भएको बेला काम ज्वरो पनि आउँछ ।’

मोरङ क्षेत्रनम्बर ६ मा वाम गठबन्धनबाट एमाले नेता पण्डितले र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका नेता शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् ।

पण्डितले लोकतान्त्रिक गठबन्धनका नेताहरुले संविधान नै नपढेको र संविधान कार्यान्वयन कसरी हुन्छ भन्ने थाहै नपाएको टिप्पणी समेत गरे ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने ‘यो चुनाव संविधान कार्यान्वयनको एउटा खुट्किलो हो । चुनावको खुट्किलो पार गरेपछि मुलुक आर्थिक समृद्धि तर्फ अघि बढ्छ ।’

भिडियो हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?