+
+

उपराष्ट्रपति पुनले भने– मुलुक अब नयाँ युगमा प्रवेश गर्‍यो

आरपी सुवेदी आरपी सुवेदी
२०७४ मंसिर २८ गते १८:२५

२८ मंसिर, नेपालगन्ज । उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तहको निर्वाचनेदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समेत सौहार्दपूर्ण तरिकाले सम्पन्न गर्दै मुलुक अब नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले नेपालगन्जमा आयोजना गरेको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उपराष्ट्रपति पुनले तीन तहको निर्वाचन सकेर संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेसँगै देश नयाँ युगका प्रवेश गरेको बताएका हुन् ।

उनले भने, ‘सबै निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयनको अन्तिम चरणमा आइपुगेका छौं, अब केन्द्रीय र प्रदेश सरकार गठन गर्न बाँकी छ ।’

उनले नयाँ सरकार गठनसँगै देशको अवस्था पनि नयाँ युगमा प्रवेश गर्ने, र सधैँ राजनीतिक संक्रमणकालकै अधिनताबाट मुक्ति पाएको बताए ।

उनले भने, ‘अब संक्रमणकालिन युग समाप्त भएको छ, आगामी बाटो भनेको विकास र आर्थिक समृद्धिको हो ।’

राजनीतिक दलहरुले जनताबाट पाएको मतको उच्च कदर गर्दै देशलाई समृद्धिको बाटोमा लैजानु पर्नेमा उपराष्ट्रपति पुनले जोड दिँदै आर्थिक, सामाजिक विकासका लागि प्रतिस्पर्धा आवश्यक भएकोले दुई छिमेकी देशहरुसँग सहकार्य गरी प्रतिस्पर्धात्मक तरिकाले अगाडि बढ्नु नै उचित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?