यतिबेला बलिउड अभिनेत्री आलिया भट्टको खुशीको ठेगान छैन । उनले मनमा पालेर राखेको ठूलो सपना जो पुरा हुँदैछ ।
हालै एक अन्तरवार्तामा आलियाले बताएकी थिइन् कि महानायक अमिताभ बच्चनसँग फिल्ममा काम गर्ने उनको सानैदेखिको सपना थियो । यो सपना अब पुरा हुने भएको छ । फिल्म ब्रम्हास्त्रमा उनी अमिताभसँग काम गर्दैछिन् ।
हाइवे, उडता पञ्जाब, डियर जिन्दगी जस्ता थुप्रै फिल्ममा बुलन्द अभिनय गरेकी आलिया ब्रम्हास्त्रलाई लिएर निकै उत्साहित छिन् । यो फिल्ममा उनको अपोजिटमा रणबीर कपुर हुनेछन् । अमिताभले आलियाको बाबुको भूमिका निर्वाह गर्ने बताइएको छ ।
आलियाले आफ्नो मनपर्ने अभिनेतामा रणबीर कपुर पनि एक भएको बताएकी छिन् ,। सन् २००९ मा आएको वेक अप सिड र २०१३ मा आएको ये जवानी है दिवानीबाट आफू रणवीरको फ्यान बनेको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4