२८ पुस, काठमाडौं । काठमाडौंको पुतलीसडकमा सवारी दुर्घटनामा एक जना महिला टेम्पो चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपाल यातायात स्वतन्त्र मजदुुर संगन, कलंकी इकाइ सह–सचिव समेत रहेकी तुलसा थापा छिन् ।
प्रहरीका अनुसार शुक्रबार बिहान आफैंले चलाएको बा १ ह ४८७२ नम्बरको टेम्पो दुर्घटनामा उनको मृत्यु भएको हो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भीमज्वाला राईका अनुसार शुक्रबार बिहान पुतलीसडकस्थित ग्यारेजबाट टेम्पो ब्याक सारेर निकाल्ने क्रममा उनको मृत्यु भएको हो ।
‘टाउको निकालेर ब्याक गर्ने क्रममा फलामको पोलमा ठोक्किँदा उहाँको निधन भयो’, राईले भने, ‘ग्यारेज पनि कन्जस्टेड रहेछ ।’
घटनाको बारेमा थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4