+
+

भाइबरमा लाभांश सम्बन्धि म्यासेज पठाउने ब्रोकरलाई धितोपत्र बोर्डको कारवाही

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ७ गते १६:२५

७ माघ, काठमाडौं । भाइबरमा म्यासेज पठाएर सेयर किन्न प्रोत्साहित गरेको भन्दै धितोपत्र बोर्डले प्रज्ञान सेक्युरेटिजलाई ७५ हजार रुपैयाँ बराबर कारवाही गरेको छ ।

कम्पनीको विराटनगर शाखा प्रमुखले भाइबरमा ग्रुप बनाएर सिभिल बैंकको सेयर किन्न प्रात्साहित गरेको पाइएपछि कारवाही गरेको बोर्डले उल्लेख गरेको छ । बोर्डका अनुसार ती शाखा प्रमुखले सिभिल बैंकले ४० प्रतिशत हकप्रद सेयर दिन लागेको र सेयर किन्दा फाइदा हुने र फाइदाको जिम्ममा आफ्नो भएको आशयको सुचना जारी गरेका थिए ।

संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्रबजारको उच्च मर्यादा कायम राख्ने पर्नेमा यस्तो नगरेको भन्दै बोर्डले कारवाही गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?